Aamsanchar

सीमा क्षेत्रमा फलफूल बिक्री केन्द्र बन्ने

Author Image
सोमवार, फागुन १६, २०७३

इनरुवा ।

सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ ।

स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो ।

फलफूल बिक्री केन्द्र रु आठ लाख गरिबी निवारण कोषको सहयोग र रु दुई लाख बराबरको जनश्रमदानसहित रु १० लाखको लागतमा निर्माण हुने निर्माण समितिका अध्यक्ष गयानन्द मण्डलले जानकारी दिनुभयो । गरिबी निवारण कोषले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल सहज बिक्री र बस्नका लागि समेत सहजता हुने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर