भद्रपुर ।

सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासङ्घ झापा शाखालाई रु ४३ हजार सहयोग प्रदान गर्नुभएको छ ।

सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आइतबार सो रकम बिर्तामोडमा महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गर्नुभयो ।
झापाबाट समानुपातिकतर्फकी सांसद प्रसाईंले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त रकम प्रदान गरेको महासङ्घ झापाका सचिव एकराज गिरीले जानकारी दिनुभयो । उहाँले सांसद विकास कोषअन्तर्गत उक्त रकम सहयोग गरेको बताइएको छ ।

Views: 138


