Aamsanchar

‘’प्रवासी भुजेलको भेला सम्पन्न, सहयोगका लागि अपिल’’

Author Image
सोमवार, फागुन १६, २०७३

भरत शिवाकोटी ,             

   [युएई]

 प्रवासी भुजेल समाज सेवा समिती युएई को भेला समाजका अध्यक्ष  यम बहादुर घर्तिको अध्यक्षतामा युएईको दुबईमा गत २४ फेब्रुअरी २०१७ मा सम्म्पन्न भएको छ ।

भेलाले समाजले हालसम्म सम्पन्न गरेका कार्यक्रमहरुको समीक्षा गर्दै विभिन्न माध्यम बाट सहयोगको लागी आउने अपिललाई व्यवस्थापन गर्न कार्यसमिती सदस्य पदम भुजेल संयोजक रहने गरि ७ सदस्य राहत व्यवस्थापन समिती गठन गरेको छ, उक्त समितीको सदस्यहरुमा रन्जन भुजेल, अर्जुन भुजेल, प्रेम घर्ती, मीन भुजेल, लिलम भुजेल र युवराज भुजेल रहेका छन।

त्यस्तै समाजको विधानलाई आवश्यक संशोधन तथा परिमार्जन गर्न संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार सुर्य बहादुर खवासको संयोजकत्वमा ५ सदस्य विधान संशोधन तथा परिमार्जन समिती गठन गरेको छ, जसमा यम बहादुर घर्ती, महेश भुजेल, लक्ष्मण थापा र प्रेम घर्ती सदस्य रहेका छन भने समाजको ५ औं वार्षिक उत्सव ३१, मार्च २०१७ मा मनाउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

समाजको गतिविधिलाई संचालन गर्ने क्रममा आकस्मिक निर्णयहरु गर्न अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष रहेको सचिवालय गठन गरेको, कोषलाई व्यवस्थित बनाउन मासिक लेबिलाई कडाईका साथ लागू गर्ने र सदस्यता विस्तारलाई तिव्रता दिने लगायत निर्णय भएको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार सुर्य बहादुर खवासले जानकारी दिएका छन ।

त्यस्तै ट्याक्टर दुर्घटनामा परि ढाड भाँचिएर कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन कठिनाइ भएका सोलुखुम्बु निवासी होम बहादुर भुजेल र गुल्मी जिल्ला भनभने गाविस टिमुरखर्क का मिना र जमुना घर्ती लाई आर्थिक संकलन गरि सहयोग गर्ने निर्णय भएको सल्लाहाकार खवासले बताएका छन |

स्मरण रहोस मिना जमुनाका पिता दश बर्ष अघि दिल्लीमा सडक दुर्घटनामा परि निधन भएका थिए | तत्पश्चात आमा बाल कुमारिले ज्याला मजदुरी गर्दै भर्खरै एसएलसी पास गरेकी मिनालाई क्याम्पस पढाएर ठुली मान्छे बनाउने सपना पालेकी थिइन तर भयो अर्कै | बालकुमारीका दुवै मृगौला फेल भए, उपचार खर्च अभाव भयो अनि अन्ततः उनीले गत माघमा यो संसार छोडिन |

केहि आफन्त र गाँउलेहरुको सहयोगमा १७ बर्सिया मिना र १३ बर्सिया जमुनाले आमाको काजक्रिया त गरे तर शोकबाट सामान्य अवस्थामा अझै नफर्किसकेका यी दिदीबहिनीमा अब कसरि पढने,हातमुख कसरि जोर्ने जस्ता पिरलोले सताएको छ | यो अवस्थामा आफुहरुलाई सहयोग गरिदिन मिना जमुनाले सबैलाई अनुरोध गरेका छन भने प्रवासी भुजेल समाज सेवा समिती युएई ले युएईमा रहेका सबै प्रवासी नेपालीहरुलाई पिडितलाई सहयोग गर्न अपिल गरेको छ |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर