

मोरङ । मोरङको उर्लाबारी नगरपालिका– ३ मा एउटा यात्रुवाहक बस जलाइएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मंगलबारे सडकखण्डनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बस जलाइएको हो।

पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको भन्दै स्थानीयले बसमा आगजानी गरेका हुन्। ठक्करबाट स्कुटरमा सवार नाम, थर नखुलेका एक जना पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

झापाको कन्काई नगरपालिका–३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पहिचान नखुलेका पुरुषको शव मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ।

Views: 274

