Aamsanchar

डाका र खोटाचलन मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ 

Author Image
बिहिवार, जेठ २५, २०८०

झापा ।  डाका मुद्दा फैसला भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम माई नगरपालिका वडा नं २ बस्ने वर्ष ३६ को दिपेश भन्ने वीरबल राई रहेका छन् ।

उनी २०७४ साल जेठ ३१ गते देखि फरार रहेका थिए । अदालतले राईलाई ६ वर्ष कैद र ३ लाख ९ हजार ५९ रुपैयाँ २५ पैसा जरिवाना तोकेको थियो ।

त्यस्तै खोटाचलन मुद्दामा फरार रहेका झापा बुद्धशान्ति –४ मा बस्तै आएका वर्ष ५२ का मणि जवेगु  (बुद्धि कुमार केरुङ) लाई झापा प्रहरीले पक्राउ गरेको छ । २०७६ पुष २१ गते फरार बनेका जवेगुलाई अदालतले ३ वर्ष कैद र १० लाख ३३ हजार जरिवाना तोकेको थियो ।

 फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई दुवैजनालाई कैद भुक्तानीको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर