Aamsanchar

सवारी चालकको निधनमा दमक नगरपालिकामा शोक बिदा, चालक संघ द्वारा १ लाख २६ हजार सहयोग

Author Image
शुक्रवार, असार १, २०८०


सवारी चालक कर्मचारी प्रकाश भण्डारीको निधनमा दमक नगरपालिकाले  मातहतका सबै कार्यालयहरूमा शोक बिदा गराएर स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नगरप्रमुखका सवारी चालक भण्डारीको बिहीबार निधन भएको थियो ।

नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत यज्ञराज निरौलाले हस्ताक्षर गरी बिहीबार साँझ जारी गरेको सूचना अनुसार आज दमक नगरपालिकामा शोक बिदा भएको हो ।

दमक २ निवासी भण्डारीको हिजो दिउँसो नगर प्रमुख रामकुमार थापा सवार नगरपालिकाको गाडी लिएर विराटनगरमा प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन गएको बखत कार्यस्थलमै हृदयघात भई मृत्यु भएको थियो ।

सवारी चालक भण्डारीको निधन भएकोले सरकारी तथा संस्थागत सवारी चालकहरूमाझ ठुलो क्षति पुगेको संस्थागत तथा सरकारी सवारी चालक संघका जिल्ला सल्लाहकार रोहित कोइरालाले बताए ।  चालक संघले आज शोकाकुल भण्डारी परिवारमा समवेदना प्रकट गर्दै सङ्घमा आवद्ध सदस्यहरूबाट संकलन भएको १ लाख २६ हजार रुपैयाँको चेक  हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष झट्ट बहादुर खड्का, महासचिव खेमराज नेपालले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)