Aamsanchar

मालिकार्जुन नमुना मावि धाप देशकै उत्कृष्ट विद्यालय

Author Image
बिहिवार, असार ७, २०८०

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना मावि धाप देशकै उत्कृष्ट विद्यालय बनेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन मावि धाप एक नम्बरमा पर्न सफल भएको हो।

मालिकार्जुन नमुना मावि धापले व्यवस्थापकीय तथा शैक्षिक कार्यमा राम्रो काम गरेकाले उत्कृष्ट विद्यालयमा अटाएको मालिकार्जुन मावि धापका प्रधानाध्यापक सुन्दरसिंह बुढाथोकीले बताए। शैक्षिक समीक्षा, कार्यालयको कार्यसम्पादन परीक्षणबाट मावि धाप  देशकै उत्कृष्ट विद्यालय घोषणा भएको उनले बाताए।

मावि धापमा साधारण र प्राविधिक दुबै धारतर्फ पठनपाठन हुँदै आएको छ। अझै भौतिक ब्यबस्थापनदेखि लिएर सबै कुरा हुन बाँकी छ। धेरै कुरा आफू छउन्जेलसम्म गर्ने प्रधानाध्यापक बुढाथोकीको भनाइछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर