Aamsanchar

‘’ प्रवासी नेपाली मन्च द्वारा जापानमा अन्तरक्रिया’’

Author Image
बुधवार, फागुन १८, २०७३

भरत शिवाकोटी,

   [युएई]    

           

नेकपा एमाले निकट प्रवासहरुमा रहेको सक्रिय संगठन प्रवासी नेपाली मन्च जापान अन्तर्गतको चुबू समन्वय कमिटीको प्रथम भेला तथा ‘’नेपालको स्थानिय तहको निर्वाचनमा प्रवासी नेपाली मन्चको भुमिका” विषयक अन्तरक्रिया गत सोमबार २६ फेब्रुअरी २०१७ मा सम्पन्न भएको छ |

प्रवासी नेपाली मंच कान्तो, जापान अधिवेशन आयोजक कमिटीले टोकियोमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सल्लाहाकार सदस्य एवं पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सरकारको गतिविधीले तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा आशंका रहेपनि स्थानीय चुनाव हुने र मुलुकलाई अगाडी बढाउन तथा संबिधान कार्यान्वयन गर्न नेकपा एमालेले सरकारलाई चुनाव गराउन वाध्य बनाउने बताउनु भएको थियो |

अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, लाखौं उर्जाशिल युवाहरु देश वाहिर रहेका छन, उनीहरुलाई समेत आफ्नो अभिमत प्रवासबाट नै व्यक्त गर्ने व्यवस्था गर्न प्रयासहरु भएका छन तर उनीहरुलाई देशमा रोजगारी सृजना गरेर फर्काउनुपर्छ | यस बिषयमा नेकपा एमाले प्रतिबद्द रहेको उल्लेख गर्दै अधिकारीले आसन्न स्थानीय निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी गराउन सम्भव हुने नेपालीहरु घर फर्कन र सम्भव नहुनेहरुले कम्तिमा आफ्नो घर-परिवार लगायत नेपालमा रहेका आफन्त तथा साथीभाइलाई मुलुकको विकास र समृद्दिका निमित्त एमाले उम्मेदवारहरुलाई मतदान गर्न सुझाउन आग्रह गर्नुभयो |

त्यसैगरि कार्यक्रमका अर्का अतिथी प्रवासी नेपाली मंच जापानका पुर्व सचिव डा. सुर्य पाठकले पार्टीका श्रदेय अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको कार्यकालमा गरिएका कामहरु र अघि सारिएका योजनाहरु नै वास्तविक नेपालको विकास र समृद्दिको बाटो भएकोले त्यसलाई जनता सामु पुर्याउन पार्टीले चुनावमा हस्तक्षेपकारी भूमिका निभाउनु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा जापानका विभिन्न ठाउँबाट आएका एमाले नेता तथा कार्यकर्ताहरु एवं शुभेच्छुकहरुको बाक्लो उपस्थित रहेको थिेयो | हरि लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापतित्व कान्तो अधिवेशन आयोजक कमिटीका संयोजक देविलाल भण्डारीले गर्नुभएको थियो भने संचालन बुद्दिराज घिमिरेले गर्नुभएको थियो । आयोजक कमिटीले आगामी ४ महिनाभित्र अधिबेशन सम्पन्न गर्ने लक्ष्य राखेको आयोजक कमिटीका संयोजक देविलाल भण्डारीले जानकारी दिनुभएको छ |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर