Aamsanchar

चुनावी हारको बदला लिन बलात्कार मुद्दा

Author Image
बुधवार, फागुन १८, २०७३

नेपालगञ्ज :

फागुन १३ गते साँझ। बाँके बेतहनीको माया बर्मा घरमा खाना पकाउँदै थिइन्। गाउँका केही ठिटाहरु त्यही बाटो भएर जाँदै थिए। मायालाई भाउजु भन्दै उनीहरुले भलाकुसरी गरे।

घरमा मासु पाक्दै थियो खाएरै जाने निधो भयो।  केही बेरपछि आँगनमा पुलिस पुगे। भागाभाग भयो। एक जना हसन अलि मनिहारलाई प्रहरीले पक्राउ गर्‍यो। अर्का एक जा अहिलेसम्म सम्पर्कमा छैनन्। प्रहरीले चौकीमा ल्याएर बलात्कारको मुद्दा चलाइएको छ। तर खासमा मायाको बलात्कार भएकै थिएन।  गाउँमा बिहेको रमझम थियो। शिवरात्रिको उल्लास थियो।

मानिस यताउता गरिरहेका थिए। त्यही क्रममा उनीहरु पनि मायाको घर पुगेका थिए। छिमेकी भएका कारण उनीहरुको बोलिचाली ब्यबहार राम्रै थियझ। घरभित्र बसेका बेला कसैले पुलिसलाई फोन गरेर भनेछ ‘ त्यहाँ केटाहरु गएर मायाको बलात्कार गरिरहेका छन्।’ पुलिस तत्काल पुग्यो।  अहिले मायाले पनि आफ्नो बलात्कार भएकै छैन र निर्दोषहरुलाई फसाइएको छ भनिरहेकी छन्।

विकल अनि प्रहरीलाई बयान दिइरहेकी छन्। तर प्रहरी मानिरहेको छैन। पक्राउ परेका हसनलाई प्रहरीले बलात्कारको मुद्दा लगाइसकेको छ।  खासमा यो घटनामा गाउँकै एक जनाले रिसइबी साँध्न मायालाई प्रयोग गरेका छन्। केही दिनअघि बेतहनी २ मा रहेको माछापुच्छ्रे प्राविमा विद्यालय व्यवस्थापन समितिको चुनाव भएको थियो।

त्यसमा सदस्यमा उम्मेदवारी दिएका त्यही गाउँका युनुस खाँले चुनाव हारेका थिए। हसन र जुनेदको समूह मिलेर एउटा प्यानल बनाएका थिए भने युनसको अर्को प्यानल थियो। युनुसको समूहबाट सदस्य पदमा उठेकी मायाले पनि अर्को समूहकै बराबर १५ मत पाएकी थिइन्। चिठ्ठाबाट छानिँदा माया पनि बाहिरिइन्। आफ्ना समूहका सबैलेचुनाव हारेपछि युनुसले त्यो समूहसँग हरेक कुरामा निहुँ खोजिरहेका थिए। अन्नपूर्ण पोस्ट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१