Aamsanchar

ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन

Author Image
बुधवार, फागुन १८, २०७३

काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

आज महाशाखामा पद बहाली गर्दै महाशाखाका प्रमुख लामाले उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्न महाशाखामा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

लामाले ट्राफिक नियमको उल्लङ्घन गर्ने प्रवृत्तिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल बन्दै गएको भन्दै यसलाई रोक्न सबै पक्षसँग आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “उपत्यकामा अत्याधिक धुलोका कारण दैनिक धेरै ट्राफिक बिरामी परेकाले शतप्रतिशत धुलो छेक्ने मास्कको व्यवस्था गरिनेछ ।” उहाँले ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन अहिले उत्पन्न समस्यालाई हटाउन प्रयत्न गर्ने बताउनुभयो ।

लामाले भौतिक पूर्वाधारको अभावले कतिपय ट्राफिकको बसोबास राम्रो नभएको भन्दै भौतिक पूर्वाधार विकासका लागि पहल गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१