

लक्ष्मीपुर । महिला एकता समुह काठमाडौँले आज झापाको एक विद्यालयमा शैक्षिक ब्याग उपलब्ध गराएको छ ।

कनकाई ८ लक्ष्मीपुरमा अवस्थित हिमाली माविका विद्यार्थीलाई ३५ वटा शैक्षिक ब्याग उपलब्ध गराइएको समुहकी अध्यक्ष मेनुका ओली चिमरियाले बताइन।

विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच समुहकी सदस्य शिखा गणेश र चित्रकला ओलीले शैक्षिक ब्याग विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।
विशेष गरेर बालबालिकाको क्षेत्रमा क्रियाशील उक्त समुहले शैक्षिक र पोषण सामाग्री उपलब्ध गराउँदै आएको छ ।


Views: 72

