Aamsanchar

चारजना दृष्टिविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने

Author Image
बिहिवार, फागुन १९, २०७३

राजविराज,

सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।

सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले बताउनुभयो ।

चारै जना बालबालिकाको लालनपालन तथा निःशुल्क शिक्षादीक्षासमेत दिने बताइएको छ । गम्हरिया प्रवाह गाविसमा रहेका दृष्टिबिहीन परिवारमध्ये शम्भु मण्डलकी ११ वर्षीया छोरी रञ्जना, १० वर्षीया छोरी सन्तोषी र शिवनारायण मण्डलकी १३ वर्षीया छोरी राधाकुमारी तथा लक्ष्मण मण्डलकी १० वर्षीया छोरी नितुकुमारीलाई बाल आश्रयस्थलमा राखेर निःशुल्क लालनपालन र शिक्षादीक्षा दिइने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर