Aamsanchar

रक्सी नकिनिदिएको भन्दै कुटपिट गर्दा बोली नै गुम्यो

Author Image
बिहिवार, फागुन १९, २०७३

विराटनगरः

मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्षीय मोहम्मद फिरोजको आवाज गुमेको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको बोली नै गुमेको प्रहरीले जनाएको छ ।

तीन\चार जनाको समूहमा रहेका युवाहरुले बुधबार राति ११ बजेतिर आक्रमण गरेका थिए । रक्सी नकिनिदिएको भन्दै फिरोजमाथि कुटपिट भएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् ।
‘पहिले राम्ररी बोल्न सक्ने थिए,’ आफन्तलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक प्रविण भट्राईले भने, ‘कुटपिटपछि होस रहेपनि बोलीनै गुमेको छ ।’ भट्राईका अनुसार उपचारकालागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएका उनी केही पनि बोल्न सक्दैनन् । घटनाका बारेमा उनले कागजमा लेखेर प्रहरीलाई जानकारी दिएका छन् । उपचारमा संलग्न चिकित्सकले उपचारपछि बोली खुल्ने जानकारी प्रहरीलाई दिएका छन् ।

घरतर्फ जाने क्रममा बाटोमा रहेका युवाहरुले रक्सी किनिदिन भनेको र आफूले किन्न नसक्ने बताएपछि एक्कासी आक्रमण गरेको फिरोजको भनाइ छ । कुटपिट हुन थालेको जानकारी पाएर स्थानीय जम्मा हुँदा । कुटपिटमा संलग्न फरार भइसकेको प्रहरीले बताएको छ । स्थानीयले उनलाई अस्पताल पुर्याएका थिए । घटनामा संलग्नको पहिचान नभएको र खोजी कार्य जारी रहेको प्रहरी नायव निरीक्षक भट्राईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर