कनकाई । झापाको कनकाई सुरुङ्गा स्थित हरिकुल नमुना माध्यमिक विद्यालयले गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
हरिकुल बाल क्लबको सह–आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई गुरुको महत्व र गुरुपूर्णिमाको औचित्य बारे जानकारी दिइएको थियो ।
आज विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय शिक्षा सेवी अखिल कुमार कोइरालालाई सम्मान गरिएको छ । कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि सतासीधाम गौशालाका संरक्षक धार्मिक गुरु नन्द किशोर भारद्वाज र हरिकुलका संस्थापक अध्यक्ष चन्द्र प्रसाद मैनालीले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।
कार्यक्रमकी अध्यक्ष, हरिकुलकी कार्यकारी निर्देशक गृशा रावल थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन ।
कार्यक्रमको पहिलो सत्र समापन कार्यक्रममा प्रमुख अतिथि भारद्वाज, विद्यालय अभिभावक संघका अध्यक्ष लिला प्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन भने टामन न्यौपानेले गरेका थिए ।
त्यसै गरि लगत्तै दोस्रो चरणको कार्यक्रम भएको थियो । उक्त कार्यक्रमका विद्यार्थीहरूद्वारा गुरु सँग सम्बन्धित कविता, वक्तृत्वकला तथा गीतहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यार्थीहरू केशिका कार्की र नुमा शेर्पाले गरेका थिए ।