Aamsanchar

धरान–इटहरीबीच फेरी सिमा विवाद 

Author Image
मङ्गलवार, असार १९, २०८०

सुनसरी । धरान र इटहरी उपमहानगर बिच फेरी सिमा विवाद ब्युँतिएको छ । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले हटाउन लगाए पछि फेरी सिमा विवाद सतहीमा आएको हो ।

सोमबार दोस्रो पटक साम्पाङले नगर प्रहरीमार्फत ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ बोर्ड राख्न लगाएका थिए ।  लगत्तै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन् ।

धरान इटहरीबीचको सीमा विवाद नयाँ भने होइन । यसअघि १० वैशाखमा पानीपियामा धरानले लगाएको बोर्ड युवा संघ इटहरीले हटाएको थियो । त्यसपछि साम्य भएको विवाद सोमबार धरानका मेयरले बोर्ड राखेपछि पुनस् सुरु भएको हो । दुई नगरबीचको सीमा क्षेत्र सेउती खोलाको पुललाई मानिन्छ । तर नयाँ जनप्रतिनिधि आएपछि  दुई पालिकाबीचको सीमा विवाद सुरु भएको हो ।

इटहरी र धरानबीचमा चारकोसे जङ्गल र पानीको स्रोत छ । धरानले बोर्ड राखेको स्थान चारकोसे झाडी प्रारम्भ भएको क्षेत्र हो ।

२०१० साल भन्दा अगाडिदेखि इटहरी– धरानको सिमाना सेउती पुल रहेको इटहरीका मेयर पौडेलको दाबी छ ।

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर