Aamsanchar

भरुवा बन्दुकसहित पक्राउ

Author Image
शुक्रवार, फागुन २०, २०७३

ताप्लेजुङ।

ताप्लेजुङमा प्रहरीले शुक्रबार भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन।

ताप्लेजुङ्ग नाल्बु-८ बस्ने ४७ वर्षिय निङमा वाङदी शेर्पा एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन। शेर्पालाई भरुवा बन्दुक बोकेर हिडेको भन्ने सुचनाका आधारमा प्रहरी चौकी थुकिम्बाको टोलीले बिहान ८ बजे थुकिम्बा-३ स्थित जंगलबाट पक्राउ गरेको हो।

उनको साथबाट आधा किलो बारुदसमेत बरामद भएको छ। बन्दुकसहित शेर्पालाई प्रहरी कार्यालयमा राखिएको छ।

Views: 133

प्रतिक्रिया (०)