Aamsanchar

लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का

Author Image
मङ्गलवार, असार २६, २०८०

सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।

 

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर