Aamsanchar

‘भारु सटहीमा भारत सकारात्मक’

Author Image
शुक्रवार, फागुन २०, २०७३

काठमाडौँ।

भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समयअघि प्रतिबन्धित गरेका पाँच सय र हजार दरका नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताउनुभएको छ ।

उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउनुभएका भारतीय अर्थमन्त्रीले आज पत्रकारसँग कुरा गर्दै नेपालमा प्रचलित ठूला दरका भारु नोटको सटहीका लागि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले आवश्यक ढाँचा तयार गरी सटहीको टुङ्गो लगाइने जानकारी दिनुभयो ।

नेपालले पूर्वाधार विकासमा खासगरी अन्तरदेशीय प्रसारण लाइन तथा यातायात पूर्वाधार तथा रेलसेवा विस्तारमार्फत नेपाललाई भारतसँग आर्थिक रुपमा जोड्ने प्रतिबद्धता जेट्लीले व्यक्त गर्नुभयो । उहाँले खासगरी पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर