Aamsanchar

लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

Author Image
शुक्रवार, फागुन २०, २०७३

विराटनगर ।

लेक लागेर आज सोलुखम्बुमा एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।

खुम्जुङ–७ को फेरुचेस्थित मदन अर्थ होटेलमा बास बसेका ४९ वर्षीय अस्ट्रेलियन नागरिक जौन्स माउफेपाउल ओल्डिज वर्थको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लुक्लालाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

मृतकको शव पासाङल्हामु अस्पतालमा राखिएको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर