Aamsanchar

६५ वर्ष पछि आफन्त खौज्दै एक व्यक्ति नेपालमा 

Author Image
सोमवार, साउन १, २०८०


बिर्तामोड । १६ वर्षको कलिलो उमेरमै  रोजगारीको क्रममा प्रभास भासिएका एक व्यक्ति ६५ वर्ष पछि जन्मेको ठाउँ, आफन्त खोज्दै नेपाल फर्किएका छन् ।
भारतको विभिन्न ठाउँमा काम गर्दै बस्तै आएका ८१ वर्षीय साईला लामा नाम बताउने वृद्ध आफन्त खोज्दै आज नेपाल आइपुगेका हुन ।

पश्चिम बंगाल काल्चिनी निवासी भिमकुमार बाक्सालिस सुनुवारको साथमा उनी नेपाल आइपुगेका हुन ।

आफू जन्मेको हुर्किएको ठाउँ स्पस्ट बनाउन नसक्ने साईला लामालाई नेपाल ल्याउन मायाघरका प्रतिनिधि कौशल भण्डारीले सहजीकरण गरेका थिए ।

बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय परिसरमा डीएसपी सुरज कार्कीको रोहबरमा मायाघरमा भण्डारीले लामाको जिम्मा लिएका छन् ।  लामाको आफन्त फेला नपरुन्जेल ईटहरी स्थित मायाघरमा लामालाई संरक्षण दिएर राख्ने भण्डारीले आमसंचारलाई बताए ।

अविवाहित लामालाई तपाईँको घर कहाँ थियो भनेर सोध्दा सिन्धुली गढी, खुरकोट मास्तिर गढीडाँडा तिर रहेको बताउँछन् । यकिन सँग ठेगाना बताउन नसक्दा उनी मायाघरको सरणमा पुग्नु परेको छ ।  लामालाई सोधपुछ गर्दा भनछन ‘आमाको नाम सञ्चमाया लामा, बुबाको नाम सन्तमान तामाङ र मित भाइको नाम शिव क्षेत्री ।’

६ दशक सम्म नेपालका कोही व्यक्ति, आफन्तहरू सँग सम्पर्क नभएका लामा जीवनको उत्तरार्धमा सहारा खोज्दै नेपाल आएका हुन ।

आफन्त नातागोता भेटने अभिलाषा लिएर नेपाल आएका साइला लामाको आफन्त खोजीकार्यमा मायाघरको टिम लागिपर्ने र नागरिकहरूले पनि खोजीकार्यमा सहयोग गरिदिन मायाघर सञ्चालन समिति अध्यक्ष सुभद्रा प्याकुरेलले सबै समक्ष अनुरोध गरेकी छन् ।

साइला लामालाई आजै माया घर लगिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
Views: 3

प्रतिक्रिया (०)