Aamsanchar

आजकाे माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना

Author Image
मङ्गलवार, साउन १६, २०८०

काठमाण्डाै – आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदरभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानबाट माथि सर्ने क्रममा रहेको छ ।

मनसुनको रेखा सरदर स्थानभन्दा माथि सरे पानी धेरै पर्ने उहाँले बताउनुभयो । केही दिनयता लगातारजसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । पानी परेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

गएराति काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी परेको थियो । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढीको  जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर