विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले बहुमतसहित दाबी पेस गरेका थापालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएपछि गठबन्धनको पक्षमा बहुमत पुगेको हो।
अब उनले संविधान अनुसार आगामी ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।
यसअघि सभामुख गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति सर्वोच्चको आदेशले बदर भएको थियो।
सर्वोच्च अदालतले साउन ११ गते मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार साउन १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 96