Aamsanchar

देशभर डेंगु संक्रमितको संख्या ७ हजार नाघ्याे

Author Image
शुक्रवार, साउन १९, २०८०

काठमाडौं: देशभर डेंगु संक्रमितको संख्या ७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांङ्कअनुसार हालसम्म देशभर ७ हजार २५३ जना डेंगु संक्रमित भेटिएका छन्।

महाशाखाका अनुसार यो वर्ष  ७ जनाले डेंगु संक्रमणबाटै ज्यान गुमाइसकेका छन भने एक जना गम्भिर रहेका छन। तथ्याङ्कमा सबैभन्दा धेरै कोशी प्रदेशमा ५१०१ जना संक्रमित रहेका छन।

यस्तै बागमती प्रदेशमा ११७१ , गण्डकी प्रदेशमा ३८९ ,सुदूरपश्चिम प्रदेशमा ३४२ , लुम्बिनी प्रदेशमा १९१ , मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित रहेका छन्।

जिल्लागतरुपमा हेर्दा असारयता कोशी प्रदेशको सुनसरीमा सबैभन्दा धेरै विरामीको संख्या ४ हजार ६७९ जना, ईडीसीडीको विवरणअनुसार सुनसरीपछि हाल धादिङमा ८२७ जना, कास्कीमा २१४ जना, दार्चुलामा १९१ जना संक्रमित रहेका छन।

काठमाडौंमा पनि यो साता डेंगुका विरामीको संख्या बढेको छ। अघिल्लो हप्तासम्म दुई अंकमा रहेको काठमाडौंको संक्रमित संख्या हाल तीन अंकमा पुगेको छ। काठमाडौंमा हाल ११९ जना संक्रमित रहेका छन। यो वर्ष ७१ जिल्लामा डेंगु फैलिसकेकाे छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर