Aamsanchar

कर्णाली र बबई नदीमा जल सतहले गर्याे खतराको तह पार

Author Image
मङ्गलवार, साउन २३, २०८०

काठमाडौं –कर्णाली र बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भईरहेकाले ती क्षेत्रमा बाढीको खतरा रहेको महाशाखाले जनाएको हो । दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, राप्ती नदीको जलसतह पनि दाङ र बाँकेमा निकै बढेपछि महाशाखाले एसएमएस पठाएर सतर्क रहन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर