Aamsanchar

कांग्रेस सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्रकाे आराेपमा पक्राउ

Author Image
बिहिवार, साउन २५, २०८०

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको प्रहरीको आरोप छ ।

शर्माले कांग्रेसका केही नेताहरूलाई फोन गरेर आफू पक्राउ परेको जानकारी दिएका स्रोतले बताएको छ । शर्माले सञ्चालन गरेका मेडिकल कलेजका बेथितिबारे धेरै उजुरी परेका छन् ।

शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणकाे छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । उनी मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर