Aamsanchar

विराटनगरको मुख्य बजारमा २२ वर्षीय युवामाथि दिनदहाडै तरबार प्रहार

Author Image
सोमवार, साउन २९, २०८०

विराटनगर : विराटनगरको मुख्य बजारमा एक युवामाथि दिनदहाडै तरबार प्रहार भएको छ। तरबार प्रहारबाट विराटनगर महानगरपालिका-८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन्। विराटनगर-१० सन्सारीमाईस्थानमा उनीमाथि दिउँसो २:४५ बजेतिर तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ। हलिमको दुवै हातमा गहिरो चोट लागेको छ।

उपचारका लागि सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो। चिन्ताजनक अवस्थाका उनलाई न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको छ। हलिममाथि विराटनगर-८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्नहरू फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए।

नायकका अनुसार घटनामा संलग्नको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ। घटनामा प्रयोग गरिएको तरबार प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्नहरू तरबार फालेर भागेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर