Aamsanchar

मोरङमा पतिको कुटाइबाट पत्नीको ज्यान गयो

Author Image
मङ्गलवार, साउन ३०, २०८०

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा पति (श्रीमान)को कुटाइबाट पत्नी (श्रीमती)को मृत्यु भएको छ।

पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए।

उनका अनुसार कुटपिटबाट घाइते भएकी भएकी कर्णमायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए। उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए।

प्रहरीले पति–पत्नीबीचको घयसायी विवादका बारेमा खुलाएको छैन। घटनामा संलग्न हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने प्रनि पोखरेलको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर