Aamsanchar

सप्तरी घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

Author Image
बुधवार, फागुन २५, २०७३

काठमाडौं : 

सप्तरीमा सोमबार भएको झडपमा प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सप्तरी मलेठ- ४ का अन्दाजी ३५ वर्षीय वीरेन्द्र महतोको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार मृत्यु भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले थाहा खबरलाई जानकारी दिए।

मण्डलका अनुसार महतो मोर्चाकै कार्यकर्ता हुन्। नेकपा एमालेको मेची-महाकाली अभियानअन्तर्गत राजविराजको सभापछि भएको झडपमा प्रहरीले गोली चलाउँदा सञ्जन मेहता, पीताम्बरलाल मण्डल र आनन्द शाहको सोही दिन मृत्यु भएको थियो।

सञ्जनको घटनास्थलमै र अन्य दुईको उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१