Aamsanchar

डान्सबारमा गुन्डागर्दी गर्ने ४ पक्राउ

Author Image
बुधवार, फागुन २५, २०७३

साौराह :

चितवनको सौराहास्थित एक डान्सबारमा गुन्डागर्दी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘लायन्स डेन’ डान्सबारमा तोडफोडमा संलग्न तीन जना र लायन्स डेनकै सुरक्षागार्ड एकजना गरी ४ जनालाई फक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका १ बस्ने वर्ष ३४ का निकेश भण्डारी, सोही ठाउँकै वर्ष ३० का सुमन डल्लाकोटी, खैरहनी ९ बस्ने ३४ वर्षका सीताराम डल्लाकोटी तथा सुरक्षागार्ड भरतपुर ११ का ३७ वर्षका दशरथ श्रेष्ठ रहेको थापाले जानकारी दिए। सोही क्रममा सुरक्षागार्डसमेत झगडामा संलग्न भएपछि उसलाई पनि  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

डान्सबारमा आई एक्कासि बस्नुपर्यो भनी झगडा गर्न थालेपछि विवाद भएको थियो। झगडा भएपछि कुर्सी तोडफोड गरी भाग्ने क्रममा प्रहरी चौकी बच्छ्यौलीका प्रहरी नायव निरीक्षक दुर्गाबहादुर कुँवरको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु चढेको ना २ च ८३०९ नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाले बताए। पक्राउ परेका चारै जनालाई गुन्डागर्दी ऐनअन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर