Aamsanchar

तीन बर्षपछि कञ्चनजंघा हिमालमा आरोहण खुल्ला

Author Image
बुधवार, फागुन २५, २०७३

ताप्लेजुङ।

ताप्लेजुङ्गमा रहेको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा हिमालमा आरोहण खुल्ला गरिएको छ ।

सन् २०१३ र १४ मा आरोहणका क्रममा लगातार दुर्घटना भए पछिआरोहण बन्द गरिएको हिमालमा तीन बर्ष पछि आरोहण खुल्ला गरिएको हो ।

आरोहण खुल्ला भएसँगै हिमाल सुरक्षित भन्ने सन्देशका साथ तीन जना महिलाले एक साथ हिमाल आरोहण गर्ने तयारी गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

‘थ्री वुमेन, थ्री टप’ नामक अभियान सुरु गरेका ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा र दोलखाकी दावा याङजोम शेर्पाले आरोहणको तयारी गरेका हुन् ।

महिलाहरू सजिलो हिमाल मात्र आरोहण गर्छन् भन्ने भ्रम चिर्नु र जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा जनस्तरमा जानकारी गराउनु उनीहरूको उद्देश्य छ । यो हिमाल आरोहणमा ४५ देखि ५० दिन लामो यात्रा हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर