Aamsanchar

दुलेगौँडाको पुल्चोकमा जमिन भासिदा पाँच घर पूर्ण रुपमा क्षति

Author Image
बुधवार, साउन ३१, २०८०

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाको पुल्चोकमा जमिन भासिएको छ । जमिन भासिएर ५ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष राजु वाग्लेले जानकारी दिए।

पुल्चोक सेती नदी किनारको बस्ती हो । ‘जमिन ८र१० मिटर नै फाटेर दबेको छ । दबेको ठाउँमा नदीको पानी बगेको देखिन्छ’, वडाध्यक्ष वाग्लेले भने।

वर्षा नभएको बेलामा पनि जमिन भासिएपछि पुल्चोकका झन्डै २ दर्जन घर जोखिममा परेका छन् । बस्ती भासिएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले जानकारी दिए।

बस्ती भासिएपछि सेती नदी वारपार गर्ने झोलुङ्गे पुल बन्द गरिएको छ । मोटरेबल पुलसमेत जोखिममा पर्न सक्ने आँकलन रहेको वडाध्यक्ष वाग्लेले बताए। ‘चट्टान रहेछ भने त पुललाई असर नगर्ला । अहिले भासिएको ठाउँमा जस्तै माटो रहेछ भने त पुल पनि जोखिममा पर्ने देखियो’, उनको भनाइ छ।  श्रोत : देशसञ्चार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर