Aamsanchar

“प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम

Author Image
बिहिवार, साउन ३२, २०८०

बिराटनगर  । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलासंग कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले आज “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा प्रत्यक्ष टेलिफोन संवाद गरी आ(आफ्नो समस्या तथा गुनासो राखेका छन् ।

मातहत तल्लो दर्जा सम्मका प्रहरी कर्मचारीहरुको उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यका साथ टेलिफोन संवादका माध्यमबाट सिधै प्रदेश प्रहरी प्रमुख समक्ष पिरमार्का तथा गुनासो राख्नको निमित्त प्रदेश प्रहरी कार्यालय बिराटनगरले यो कार्यक्रम असार २९ गतेबाट औपचारिकरुपमा शुभारम्भ गरेको हो । “प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय बिराटनगरले निरन्तररुपमा संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर