Aamsanchar

महिला सामुदायिकको ३० औं स्थापना दिवस, रक्तदान र शैक्षिक सामाग्री सहयोग

Author Image
आइतवार, भदौ ३, २०८०


घोराही ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । जसमा आकाश योगी, विवेक रावत, समीर भण्डारी, सुष्मा बिक, चन्द्र डाँगी, कल्पना डाँगी, अम्बिका वली, संगीता राई, माधवकुमार राई, रञ्जिता नेपाली, रमेश नेपाली, सहिल डाँगी, पंयुशनाथ योगी, अनिल अधिकारीले रक्तदान गर्नुभएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुँमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेहनदार तथा अति विपन्न परिवारका १५ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू सहयोग गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक रूपान्तरणको क्षेत्रमा अतुलनीय योगदान गरेको बनाउनुभयो । उहाँले ३० वर्षको यात्रामा यस संस्थाले विपन्न तथा पछाडि पारिएको समुदायको लागी काम गरेको बताउँदै धेरै महिलाहरूलाई जीवन जिउन सक्ने बनाएको बताउनुभयो । ‘यस संस्थाले समाजका लागि धेरै नै उदाहरणीय कामहरू गरेको छ । जुन यहाँ वर्णन गरेर नै सम्भव छैन’ उहाँले भन्नुभयो –‘राज्यको स्रोतको आश गर्ने संस्थाहरू धेरै छन्, तर यो संस्थाले सरकारलाई सहयोग गरेको छ ।’ डिसीले महिलाहरूको सामाजिक तथा आर्थिक विकासका लागि सामुदायिक सेवा केन्द्रले पुर्‍याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । द्धन्दपीडित परिवारलाई समाजमा स्थापित गर्नका लागि यस संस्थाले लामो समयदेखि काम गरिरहेको उहाँको भनाई थियो । उहाँले घोराही उपमहानगरपालिकाले उपमहानगर बासीहरूको लागि निशुल्क रगतको व्यवस्था गरेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रक्त सञ्चार केन्द्रका ठाकुर पौडेलले नेपाल महिला सामुदायिक सेवा केन्द्रले क्यालेण्डरमै राखेर हरेक वर्ष स्थापना दिवसमा रक्तदान गर्ने गरेको भन्दै लामो समयदेखि संस्थागत सहकार्य रहेको बताउनुभयो । उहाँले मानव जीवनको सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान रहेको बताउनुभयो ।  संस्थाका सचिव सिवा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत आर।के। शीतलले गर्नुभएको थियो ।

स्वावलम्बी तथा चेतनशील महिला समाजको सृजना गर्ने परिकल्पना स्थानीय सीप तथा श्रमको उपयोग गरेर सामाजिक  तथा आर्थिक सशक्तीकरण गर्ने ध्यय र लक्ष्यका साथ स्थापना भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरण बालिका शिक्षा, मानव अधिकार संरक्षण तथा प्रवर्द्धन, द्धन्द्ध प्रभावित क्षेत्र तथा समुदायको पुनस्निर्माण तथा पुनर्स्थापनामा सहयोग, वातावरण, पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त कार्यक्रम, सहकारी मार्फत सामुदायिक विकास र उद्यम विकास कार्यक्रम मार्फत युवाहरूमा स्वरोजगार निर्माण लगायतका कार्यहरू गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)