Aamsanchar

आजको परिस्थितिको जिम्मा उपसभामुखले लिनुपर्छ : मुख्यमन्त्री थापा

Author Image
सोमवार, भदौ ४, २०८०

मोरङ । मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए ।

सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए । प्रदेशसभाबाट थापाले विश्वासको मत पाएको घोषणा भएपछि पत्रकारहरुले उनलाई यो वैधानिक हो कि होइन भनी प्रश्न गरेका थिए ।

जवाफमा थापाले यो परिस्थिति उपसभामुखका कारण सिर्जना भएको बताए । कोशीमा हाल सभामुख छैनन् त्यसैले बैठक सञ्चालनको जिम्मेवारी उपसभामुख दनुवारको हो । एमालेबाट निर्वाचित दनुवार सोमबार विहान स्वास्थ्यको कारण देखाउँदै काठमाडौं गइन् । उनले बैठक सञ्चालनको जिम्मेवारी कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीलाई तोकिन् ।

मुख्यमन्त्री थापाले उपसभामुखले मन्सुरीको अधिकार कुण्ठित गरेको आरोप लगाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)