Aamsanchar

उत्कृष्ट प्रधानाध्यापक श्रेष्ठको विधाई

Author Image
बिहिवार, फागुन २६, २०७३

चारपाने, फागुन २६ । विर्तामोड नगरपालिका २,चारपानेको मोहनमाया माध्यमिक विद्यालयकी प्रधानाध्याक विन्दु श्रेष्ठलाई विद्यालयले बिहिबार औपचारिक रुपमा विधाई गरेको छ ।

श्रेष्ठ विपगत ४ दशकदेखि शिक्षण पेशामा आवद्ध रहदै आउने कक्रममा शिक्षा निवावलीले तोके अनुसार अनिवार्य अवकास प्राप्त गरेपछी उहा“ सेवा निवृत्त भएपर्छी विद्यालय परिवारले सम्मान सहित विधाई गरेको छ ।

२०५५ सालदेखि मोहनमाया विद्यालयमा सेवारत रहदै विद्यालयको शैक्षिक, भौतिक विकासमा अथक योगदान दिदै आउनु भएकी श्रेष्ठले मोहनमाया माविलाई ३ पटक एसएलसी परिक्षामा जिल्ला प्रथम र अन्य कक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन अत्यनतै मेहनती र कुशल प्रसाशकको रुपमा आफूलाई परिचित गराउन सफल व्यक्तिहुन ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रमा प्रमुख अतिथि शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, विषेश अतिथिमा अनारमनी श्रोतकेन्द्रका श्रोतव्यक्ती केशरबहादुर खवासले श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेका थिए ।

महिला भएर पनि पुरुषले गर्ने भन्दा राम्रो संग विद्ययालयलाई उच्च व्यवस्थापनमा राख्न सफल श्रेष्ठ सेवारत अवस्थामा जिल्ला समिति धनकुटा, राष्ट्रिय शिक्षा समिति, जिल्ला, शिक्षा समिति, वीरता लेडी जेसीज लगाएर विभिन्न संघ संस्थावाट सम्मानित श्रेष्ठको विधाई कार्यक्रमा अभिभावक, शिक्षक, व्यवस्थापन समिति, विद्यार्थीको बाक्लो उपस्थिती रहेको थियो ।
वर्तमान प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए भने, सहायक प्रधानाध्यापक भवानी राजवंशीले कार्यक्रम संचालन गरेका थिए ।

 

Views: 386

प्रतिक्रिया (०)