Aamsanchar

तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको संकट

Author Image
शुक्रवार, फागुन २७, २०७३

तेह्रथुम।

तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको संकट देखिएको छ ।

आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुंगा, ओख्रे, सुदाप, लगायत गाविसका बासिन्दा खानेपानीको चरम समस्यामा परेका हुन् । गाउँमा रहेका पानीका मुहान, धारा कुवा र खोला खोल्सी सुक्दै गएपछि वर्षेनी खानेपानी समस्या बढेको हो ।

गाविसका कतिपय बस्तीमा टाढा टाढाबाट खानेपानी बोक्दैमा दिन बित्ने गरेको स्थानीयबासिन्दा बताउँछन् । खानेपानी अभावकै कारण ती गाविसबाट वर्षेनी बसाई सरेर जानेको संख्या बढ्दो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१