Aamsanchar

छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैनःओली

Author Image
शुक्रवार, फागुन २७, २०७३

हेटौँडा।

सप्तरीको राजविराज घटनापछि स्थगित नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय जागरण अभियान आज हेटौँडाबाट पुनः सुरु भएको छ ।

यहाँ आज आयोजित सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार हामीलाई स्वीकार्य छैन भन्नुभयो । उहाँले राजविराजको घटनामा सत्ताधारी दलहरुको नियत के हो भन्ने प्रस्ट हुनुप¥यो भन्दै सो घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीले कञ्चनपुरमा भारतीय एसएसबीले गरेको घटना निन्दनीय छ भन्नुभयो ।

सभामा एमाले महासचिव ईश्वर पोखरेलले ‘एमालेविरुद्ध जबर्जस्त मोर्चाबन्दी भइरहेकाले एमालेको राष्ट्रवादी आन्दोलन सही हो भन्ने पुष्टि भएको’ बताउँदै राष्ट्रियताका लागि जनतालाई एक जुट बनाउन एमाले लागिरहन्छ भन्नुभयो ।

एमालेको जनजागरण अभियानको ¥याली शनिबार हेटौँडाबाट सुरु भएर चितवन हुँदै नवलपरासी पुग्ने कार्यक्रम रहेको जनाइएको छ । अभियान यही फागुन २१ गतेदेखि झापाबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लोप हुँदै पानीघट्ट
बिहिवार, कार्तिक २२, २०८१