झापा ।

झापाको बिर्तामोड नगरपालिकामा आज विहान एक महिला मृत फेला परेकी छिन् ।

बिर्तामोड नगरपालिकास्थित महानन्द चौक नजिकै सडक पेटीमा शनिअर्जुन नगरपालिका – ५ निवासी ३० वर्षीया महिला सुमित्रा खतिवडा मृत फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेका अनुसार सडक किनारमा मृत फेला परेकी महिलाको शव पोष्ट मार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ ।

Views: 139

