Aamsanchar

इटहरीको एक पोल्ट्रिफर्मका कुखुरामा नौलो प्रकारको बर्डफ्लु भेटियो

Author Image
शनिवार, फागुन २८, २०७३

सुनसरी।

सुनसरीको इटहरी उपमहानगरपालिका खनारस्थित पाथिभरा पोल्ट्रिफर्ममा पालेका अण्डा पार्ने लेयर्स जात र लोकल जातका कुखुरामा नौलो प्रकारको बर्डफ्लु भेटिएको छ ।

कुखुरामा पहिलो पटक भेटिएको बर्डफ्लु सदाझै देखिने भन्दा फरक रहेको बताइएको छ ।

पोल्ट्रिफर्ममा पालेका बोइलर कुखुरामा एचफाइभ एम एट प्रकारको बर्डफ्लु भेटिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिवराम महतोले बताए । नौलो प्रकारको कुखुरामा लाग्ने बर्डफ्लु यसअघि भारतको दिल्ली र हैदरावादमा मात्र भेटिएको थियो ।

इटहरीको तालतलैया पर्यटक क्षेत्रमा रहेका चराचुरुङीमा बर्डफ्लू भेटिए लगत्तै खनारमा पनि कुखुरामा बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएपछि यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला पशुसेवा कार्यालय सुनसरीको संयुक्त टोलीले संक्रमित कुखुरा नष्ट गरेको छ ।

बर्डफ्लु भेटिएका पोल्ट्रिफर्ममा रहेका २ हजार ५ सय २५ लेयर्स र २६ वटा लोकल जातका कुखुरा नष्ट गरिएको छ । बर्डफ्लु भेटिएपछि सुनसरी जिल्लाभर सतर्कता अपनाईएको छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर