Aamsanchar

नेपालीलाई सुनसरीका नाकाबाट भारत प्रवेशमा रोक लगाइयो

Author Image
शनिवार, फागुन २८, २०७३

भाण्टावारी (सुनसरी):

भारतले नेपालीलाई अचानक रुपमा आफ्नो देशमा प्रवेश रोक लगाएको छ । नेपाल–भारत सीमा क्षेत्रको दजगजामा डिउटीमा खटिएका भारतीय सीमा सुरक्षा बलका जवानहरुले सुनसरीका विभिन्न नाका हुँदै भारततर्फ जाने नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको हो।

एसएसबीका जवानहरुले शुक्रवारबाट नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको सुनसरी हरिपुर–७ का लाली यादवले बताए। सीमा क्षेत्रका नेपालीलाई भारत प्रवेशमा रोक लगाइएपछि सीमा क्षेत्रका वासिन्दाहरु विवाह वर्तबन्ध लगायतका महत्वपूर्ण कामका लागि आफन्तकोमा जान बञ्चित भएका उनको गुनासो छ।

भारतले नेपालीहरुलाई भारतीय बजारमा प्रवेश गर्न नदिएपछि सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तु खरिद गर्न समेत सकेका छैनन्। सीमा क्षेत्रमा खटिएका एसएसबीका जवानहरुले सुनसरीको सम्पूर्ण नाकाबाट नेपालीलाई भारत प्रवेश गर्न दिएका छैनन्। नेपाल–भारत सीमा क्षेत्रको दजगजामा खटिएका एसएसबीका जवानहरुले सुनसरीको भाण्टावारी, लौकही, बसन्तपुर, घुस्की, कप्तानगन्ज, साहेवगन्ज र अमडुवा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएका छन्।

नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको विषयमा एसएसबीका जवानहरुसंग जानकारी माग्दा उनीहरुले माथिको आदेश भन्दै नेपालीलाई भारत प्रवेशमा प्रतिवन्ध लगाइएको बताए। शनिवार सुनसरीको हरिपुर नाकामा डिउटीमा रहेका एसएसबीका एक जवानले केही दिनका लागि मात्र नेपालीलाई भारत प्रवेश नगराउनु भन्ने आदेश आएको जानकारी गराए।

भाण्टावारीका ललित मगरदैताले एस्एसबीका जवानहरुले भारतीय बजारमा दैनिक उपभोग्य बस्तुको खरिद गर्न जादा दुव्र्यवहार गरी प्रवेश गर्न नदिएको बताएका छन्। भारत पक्षले नेपालीलाई भारत प्रवेशमा रोक लगाउनुको कारण भने स्पष्ट रुपमा खुलाएको छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलुलीले दशगजा क्षेत्रमा खटिएका एसएसबीका जवानहरुले नेपालीलाई भारत प्रवेश गर्न नदिएको पुष्टि गरे।

उनले विप्लव माओवादीले शनिवार गरेको नेपाल बन्दमा भारतीय सवारीसाधनलाई आक्रमणको निशाना बनाएकाले भारतले सुरक्षामा उच्च सर्तकता अपनाउँदै नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको हुन सक्ने बताए। अन्नपूर्णबाट

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२