Aamsanchar

सामूदायिक विद्यालयलाई रोटरी क्लब अफ काँकरभिट्टाद्वारा पंखा हस्तान्तरण

Author Image
सोमवार, भदौ १८, २०८०

मेचीनगर । अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—७ स्थित सतिघट्टा गोमनसरीमा रहेको सामूदायिक अरनिको माध्यामिक विद्यालयलाई १२ थान सिलिङ पंखा हस्तान्तरण गरेको छ । केही दिनअघिमात्र विद्यालयमा जडान भएका चारथान पंखा चोरी भएका थिए । पंखा चोरीभएपछि गर्मीका कारण पठनपाठनमा समस्या भएको थियो ।

अधिकाँश चिया, कृषि तथा गृह निर्माणमा कार्यरत श्रमजीवका छोराछोरी अध्ययनरत उक्त विद्यालयमा पंखा हस्तान्तरण गरेको क्लबका अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो । मेचीनगर नगरपालिका वडानम्बर—७ का वडाध्यक्ष प्रल्हादमणि ओली प्रमुख अतिथि रहनु भएको पंखा हस्तान्तरण कार्यक्रमको अध्यक्षता क्लबका इञ्जिनियर मैनालीले गर्नुभएको थियो ।

प्रमुख अतिथि वडाध्यक्ष ओली र क्लबका अध्यक्ष इञ्जिनियर मैनालीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल अधिकारी, विद्यालयका प्रधानध्यापक विशाल भट्टराई तथा शिक्षक अभिभावक संघका अध्यक्ष यज्ञराज गुरुङलाई संयुक्तरुपमा पंखा हस्तान्तरण गर्नुभएको थियो । गर्मीको मौसममा विद्यार्थीलाई पढाइ र विद्यालयको प्रशासनिक कामकाज पनि सहज होस् भन्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको अध्यक्ष अध्यक्ष इञ्जिनियर मैनालीले बताउनुभयो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष ओलीले रोटरीले अत्यन्तै ग्रामीण ठाउँमा रहेको अनि अधिकाँश चिया, कृषि तथा गृह निर्माण मजदुरका छोराछोरी अध्ययनरत विद्यालयमा आएर जुन काम गरेको छ त्यो अत्यन्तै प्रशंसनीय र स्वागत योग्य रहेको बताउँनुभयो । यहि वडाको मदनवस्तीमा अढाईदशक अघिदेखि मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालयमा रोटरीले शुद्घ पिउने पानी परियोजना हस्तान्तरण गरेको स्मरण गराउनुभयो ।

रोटरी जस्तो गैरनाफामुलक सामाजिक संस्थाले शिक्षा, स्वास्थ्य, वातावरणलगायतकाक्षेत्रमा निक्कै प्रभावकारी काम गरेको भन्दैं उहाँले रोटरीको उच्च मुल्याङ्कन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल अधिकारीले गर्मीको मौसममा विद्यार्थीलाई पढाइमा र विद्यालयको प्रशासनिक कामकाज पनि पंखाले सहज हुने बताउनुभयो । विद्यालयको आन्तरिक स्रोत समेत ज्यार्दै न्यून भएको र कुनै पनि निकायबाट सहयोग नभएका कारण रोटरीले सामान दिएकोमा दाता क्लब परिवारलाई धन्यवाद दिनुभयो । यसले विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप तथा प्रशासनिक कामका लागि समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

क्लबको साप्ताहिक बैठकमा अध्यक्ष इञ्जिनियर मैनालीले विद्यालयको समस्या बुझेर अघि सारेको प्रस्तावमा बहुमत सदस्यबाट समर्थन भएपछि करीव ३० हजार रुपैयाँ मुल्य बराबरका सिलिङ् पंखा प्रदान गर्ने निर्णय भएको क्लबका मिडिया कोडिनेटर लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

क्लबका सदस्यहरुले स्वतस्फूतरुपमा प्रदान गरेको रकमबाट उक्त परिमाणका पंखा खरिद गरीएको थियो । कोषाध्यक्ष दुर्गाबहादुर लुइटेलले स्वागत तथा सचिव भगिरथ राईले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष सुजन प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेकपा एमाले मेचीनगर कमिटी इञ्चार्ज चन्द्रप्रसाद प्रसाई, विद्यालयका सहायक प्रधानध्यापक सिर्जना पौडेललगायत विद्यार्थीसहित अभिभावकको उत्साहजनक उपस्थिती रहेको थियो ।

क्लबले शिक्षाका क्षेत्रमा धेरै काम गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयमा जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरेको छ । विगतमा मेचीनगर—५ नम्बर वडाको मेची आधारभूत विद्यालयलाई क्लबले ‘एडप’ गरी हरेक योजना दिने गरेको थियो । क्लबले मेचीनगर —५ को मेची आधारभूत र बालकल्याण माध्यमिक विद्यालय, मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालय मेचीनगर वडानम्बर —४ मा रहेको पशुपति माविमा शुद्घ पिउने पानी परियोजना हस्तान्तरण गरिसकेको सचिव भगिरथ राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)