Aamsanchar

स्थानीय चुनावमा उम्मेदवारको खर्च सीमा तोकियो

Author Image
आइतवार, फागुन २९, २०७३

झापा । बैशाख ३१ का लागि घोषित स्थानीय तहको चुनावमा उम्मेदवारले के शीर्षकमा कति रकमसम्म खर्च गर्न पाउँछन् भन्ने सीमा तोकिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार लगायतका निर्वाचन कार्यमा गर्न पाउने खर्चको हद तोकेको हो ।
सवैभन्दा धेरै महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार खर्च गर्न पाउनेछन् । जिल्ला समन्वय समितिका वडा सदस्यले सवैभन्दा कम खर्च गर्न पाउनेछन् । वडा सदस्यले बढीमा एक लाख ५० हजार खर्च गर्न सक्नेछन् ।
महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा तीन लाख तोकिएको छ । उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र वडा सदस्यले दुई लाख ५० हजार चुनावमा खर्च गर्न पाउनेछन् । नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र वडा सदस्यको खर्च दुई लाख छ । गाउँपालिका प्रमुख र उपप्रमुखले चुनावमा तीन लाख ५० हजार र वडाअध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउनेछन् । त्यसबाहेक जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले २ लाख ५० हजार र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले चुनाव खर्च तोकेको हो । आयोगले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचार–प्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यलय सञ्चालन, प्रतिनिधि परिचालन र विविधमा उम्मेदवारले खर्च गर्न पाउने विषय तोकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर