Aamsanchar

गोविन्दको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

Author Image
आइतवार, फागुन २९, २०७३

कञ्चनपुर,

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदैछ ।

दशगजा क्षेत्रमा कलर्भट निर्माणका विषयमा भएको विवादमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गएका गौतमको शवलाई ११ जना प्रहरीको सलामीसहित अन्त्यष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो ।

यसअघि मृतकका आफन्तले सरकारले शहीद घोषणा र राहत स्वरुप १० लाख दिने निर्णयको लिखित प्रमाण माग गरेपछि शनिबार प्रक्रिया पूरा गरेर आइतबार अन्तेष्टि गर्न लागिएको हो ।

गौतमको अन्त्येष्टि नहुँदासम्मका लागि आनन्दबजार लगायत ५ सय मिटर आसपासको क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरिएकोे कञ्चनपुरमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)