Aamsanchar

बिर्तामोडकी एक होटल सञ्चालिका र थप दुईजना ब्राउनसुगर सहित पक्राउ

Author Image
मङ्गलवार, भदौ २६, २०८०

प्रतिकात्मक तस्वीर ।

झापा । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । हिजो दिनको ४ बजे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसै गरी हिजै सोही समयमा झापाकै बिर्तामोड नगरपालिका १ कंचनजंघा टोल स्थित बिमला होटल एण्ड लज संचालन गरि बस्ने होटल संचालिका ४० बर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका ७ का २९ बर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको सुचना प्राप्त भई ईलाका प्रहरी कार्यालय अनामनी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यलय प्रमुख सुरज कार्कीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर