Aamsanchar

अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी माध्यममा पढाउनुपर्ने

Author Image
बुधवार, भदौ २७, २०८०

काठमाडौं : अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी माध्यममा पढाउनुपर्ने भएको छ। सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सार्वजनिक विद्यालयले पनि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख छ।

सार्वजनिक विद्यालयहरूमा यी विषयहरू नेपाली माध्यमबाट पढाई हुने गर्थ्यो। पठनपाठनलाई प्रभावकारी बनाउन सरकारले यी विषयलाई अंग्रेजी माध्यमबाट पढाउनुपर्ने बताएको हो।

‘शिक्षणको माध्यमभाषा नेपाली, संस्कृत, मातृभाषा वा अङ्ग्रेजी हुनसक्ने त्यसमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजी भाषामा अध्यापन गराउनुपर्ने, विदेशीले नेपाली भाषाको सट्टा अर्को भाषामा अध्ययन गर्नसक्ने, सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषामा अध्यापन गराउनु पर्ने व्यवस्था यस दफामा गरिएको छ। यसबाट पठनपाठन प्रभावकारी हुनुका साथै यसबाट उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेलाई सहज हुन जानेछ,’ विधेयकको टिप्पणीमा भनिएको छ।

सरकारले शिक्षणको माध्यम चार वटा भाषालाई तोकेको छ। जसमा नेपाली, संस्कृत, मातृभाषा वा अङ्ग्रेजी हुनसक्ने विधेयकमा भनिएको छ। त्यस्तै नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषयहरू नेपाली वा मातृभाषाको माध्यमबाट अध्यापन गराउने सकिने विधेयकमा भनिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर