Aamsanchar

स्थानीय चुनावका लागि सबै स्थानीय तहमा काम सुरु

Author Image
सोमवार, फागुन ३०, २०७३

काठमाडौं,

आउँदो वैशाख ३१ गते हुने चुनावको लागि सात सय ४४ वटै स्थानीय तहबाट काम सुरु भएको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तहको संख्या र सिमानासहितको प्रतिवेदन बुझाएसँगै काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले कार्यालय स्थापना गरेर चुनावको लागि आवश्यक तयारी सुरु भएको छ । सरकारले अहिले अस्थायी रुपमा कर्मचारी खटाएको र आफूहरुले स्थायी रुपमै कर्मचारी पठाउन भनेको उहाँले बताउनुभयो ।

सरकारले पनि आयोगको माग अनुसार चैत ३ गतेभित्र आवश्यक कर्मचारी खटाउने तयारी गरेको छ । कर्मचारी व्यवस्थापनसँगै आयोगले मतपत्र छपाई, मतदाता नामावली संकलन तथा प्रकाशन, मतदान केन्द्र निर्धारणको गृहकार्य पनि सुरु गरेको छ । आयोगले चैत १० गतेसम्ममा मतदान केन्द्र निर्धारण गर्ने तयारी गरेको छ ।

यस्तै २० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छन् । स्थानीय चुनावमा एक करोड ४० लाख मतदाता सहभागी हुने आयोगको अनुमान छ ।

कार्यतालिका अनुसार वैशाख ३ गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, वैशाख ७ गतेसम्म मतपत्र छपाई गर्ने तथा वैशाख १० गते जिल्ला सदरमुकाममा मतदाता नामावली पुर्याउने आयोगको योजना छ । छोटो अवधि भएकाले रातदिन काम गरेर तयारी तीव्र पारिएको आयोगका प्रवक्ता शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर