भरत शिवाकोटी,

[युएई]
विगत लामो समय देखि प्रवासी जीवनको विविध कठिनाइका बाबजुद आफ्नो संगठनको क्रियाकलापलाई निरन्तर रुपमा अघि बढाइरहेको नेकपा एमालेको प्रवासमा रहेको संगठन प्रवासी नेपाली मंच युएई अबुधाबी क्षेत्रीय कमिटीले आफ्नो आठौं क्षेत्रीय अधिवेशन १० मार्च २०१७ मा अबुधाबीको साबियामा सम्पन्न गरेको छ |
प्रवासी नेपाली मंच युएईका रास्ट्रिय कमिटी अध्यक्ष श्याम कडेंलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनमा अतिथीहरुमा क्रमशः मंचका महासचिव भेषराज ढकाल,सचिव प्रविण पोख्रेल, सचिवालय सदस्य तथा स्कुल बिभाग प्रमुख श्याम पाठक,रास्ट्रिय कमिटी सदस्य तथा क्षेत्रीय इन्चार्ज शिवजंग गुरुङ्ग,सदस्यहरु भरत शिवाकोटी,तिर्थराज भट्टराई,भक्त वा. तामाङ,उधोग व्यापार व्यवसायी विभागयुएईका संयोजक कमल गौतम,अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीका पुर्व अध्यक्ष बिष्णु पाण्डे रहेका थिए भने अधिवेशनमा अबुधाबी क्षेत्रका एमाले नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिती रहेको थियो |

कार्यक्रमकाप्रमुख अतिथी श्याम कडेंलले पानसमा दिप प्रज्वलन गरि कार्यक्रम उदघाटन गरे पश्चात शहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो भने तत्पश्चात नेपाली रास्ट्रिय गीत गाइएको थियो | प्रमुख अतिथी कडेंलले अधिवेशनलाई सम्बोधन गर्दै प्रवासी नेपाली मंच युएईमा रहेका तमाम प्रवासीहरुको साझा मंच रहेको र यसले विभिन्न समयमा विभिन्न कामहरु सम्पन्न गरेको चर्चा गरेका थिए |
युएईबाट घर फर्कदा केवल एक लाहुरेको रुपमा मात्र नफर्की संगठनमा आवद्द हुनुका साथै प्रवासी नेपाली मंच युएईले अगाडी बढाइरहेको ओभरसिज नेप्लिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेडमा सबैलाई लगानी गर्न आग्रह गर्दै कडेंलले लगानी भविष्यको आम्दानीको स्रोत बन्ने र देश विकासमा समेत सहयोग हुनुको साथै प्रवासमा रहेपनि देशको समृद्दीमा आफुले योगदान गरेकोमा गौरवको अनुभुती हुने बताएका थिए |
कार्यक्रममा स्कुल बिभाग प्रमुख तथा सचिवालय सदस्य श्याम पाठकले प्रशिक्षण दिएका थिए भने अतिथीहरु महासचिव भेषराज ढकाल,मंचका सदस्य तथा क्षेत्रीय इन्चार्ज शिवजंग गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए |
पहिलो सत्रको कार्यक्रमको समापन पश्चात दोस्रो सत्रमा विगठित आयोजक कमिटीका संयोजक पुण्य प्र. शर्मा (पुष्कर) द्वारा प्रस्तुत गरिएको सांगठनिक तथा राजनीतिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द दाहाल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो | अधिवेशन बाट पुण्य प्र. शर्मा (पुष्कर) को अध्यक्षतामा १५ सदस्य कमिटी सर्वसम्मत चयन भएको छ |
जसको उपाध्यक्षमा विपिन सापकोटा,सचिव बिमल कार्की,सह-सचिव सुमन तिमल्सिना रहेका छन भने सदस्यहरुमा क्रमशः नरेश लामिछाने,अनु शिवाकोटी,युना खडका,सुर्य बा.खवास,खेतुलाल अधिकारी,पुरुषोत्तम सापकोटा,चन्द्र दाहाल,कर्ण ओली र लक्ष्मी तिमल्सिना रहेका छन भने बाँकि सदस्य मनोनित गरिने निर्वाचित अध्यक्ष पुण्य प्र. शर्मा (पुष्कर) ले जानकारी दिएका छन |
आयोजक कमिटीका संयोजक पुण्य प्र. शर्मा (पुष्कर) को सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव किरण थापाले गरेका थिए भने स्वागत मन्तव्य विपिन सापकोटाले राखेका थिए | स्मरण रहोस गत ३ मार्च २०१७ मा युएईकै प्रवासी नेपाली मंच फुजेराहा क्षेत्रीय कमिटीले वनभोज कार्यक्रम सम्पन्न गरेको थियो भने निकट भविस्यमै रचनात्मक कार्यक्रम समेत गरिने महासचिव भेषराज ढकालले जानकारी दिएका छन |
प्रवासमा रहेका संगठनहरु मध्ये युएईमा रहेको प्रवासी नेपाली मंच निक्कै चलायमान रहेको चर्चा बौदिक जगतमा समेत हुने गरेको पाइन्छ |



