Aamsanchar

विद्युत् प्राधिकरणभित्रै करेन्ट लागेर एकको मृत्यु ४ गम्भीर

Author Image
सोमवार, फागुन ३०, २०७३

तुलसीपुर,

दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाका ज्यान गएको छ। चार जना गम्भीर घाइते भएका छन्।

नेपाल विद्युत् कार्यालय तुलसीपुरको स्टेसनमा रोल्पा सिमेन्टको लागि तयार भएको ३३ केभी प्रशासरण लाइन जोड्ने क्रममा करेन्ट लागेर आइतबार राति ५ जना घाइते भएका थिए।

घाइतेमध्ये कैलाली जोशीपुर ९ बस्ने ३५ वर्षका  तेजराज डगौराको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। करेन्ट लागेका ३ कार्यालय सम्बध कर्माचारी हुन्।

उनलको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो भने अन्य चार जनाको जिल्लाबहिर रिफर गरी उपचार भइरहेको विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख टंकराज गिरीले जानकारी दिए। उनले एयर करेन्टका कारण काम गर्दै गर्दा करेन्ट लागेको बताए।

घाइते हुनेमा विद्युत् प्राधिकरणका कर्मचारीहरु दाङ तुलसीपुर ६ निवासी ३५ वर्षीय प्रेमलाल चौधरी, दाङ सिसहनिया १ निवासी ४२ वर्षीय बबिराम के.सी.,  र बाँकेका ४७ वर्षीय गणेश थापा रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)