Aamsanchar

ट्राफिक नियम उल्लघन गर्ने ४०१ सवारी कारबार्हीमा

Author Image
सोमवार, फागुन ३०, २०७३

विर्तामोड ,

होली पर्वलाई दुर्घटना रहित रुपमा मनाउन ट्राफिक प्रहरीले झापाका अधिकांश स्थानमा सोमबार बिहानैदेखि चेकीङ सुरु गरेको छ ।

बिना हेल्मेट, तीन जना सवार तथा मापसे गरेर सवारी सञ्चालन गर्नेलाई पक्राउ गरेर कारबार्ही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिएका छन् । उनका अनुसार सोमबार बेलुका सम्ममा चार सय एक वटा मोटरसाइकल तथा स्कुटर कारबार्हीमा परेका छन् ।

ट्राफिक नियम उल्लघन गर्नेलाई कानुन बमोजिम कारबार्ही गरिने ट्राफिक प्रहरी निरीक्षक गिरीले बताए ।

उनले बेलुकाको समयमा मापसे सेवन गरेर धेरै सवारी चलाउने हुनाले उक्त समयमा विशेष चेकीङ गरिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)