काठमाडौं :
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयार बीचमै टुंगिने खतरा बढेको छ।
फोरम लोकतान्त्रिकका महासतिचव एवं पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुने स्वास्थ्य मन्त्रालयमा इच्छा देखाएपछि यस्तो सम्भावना बढेको हो। मन्त्री थापाले नीतिगतसँगै स्वास्थ्य सेवाको बृहत सुधारका लागि मम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति पूर्वाधार र उपकरणका उल्लेखनीय सुधारका कार्यक्रम एकैैपटक अगाडि बढाएका छन्।
थापाको योजनामा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सहयोग गरेर पछिल्लो पटक मात्रै करिब डेढ अर्बभन्दा बढीको स्रोत थप गरिदिएका छन्। थापाले अब्बलस्तरको स्वास्थ्य सेवा घरदैलोमा पु¥याउने भन्दै प्राथमिक स्वास्थ्य केन्द्रद्ेखि केन्द्रिय तहका अस्पताल सम्मकोृ पूर्वाधार, जनशक्ति र उपलब्ध हुने सेवासम्बन्धी बृहत योजना नै बनाएर काम थालेका छन्।
गच्छदारले मर्यादाक्रम र मन्त्रालय मिले सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेको सार्वजनिक भएको।नागरिक दैनिक